केही साताअघि बारा र पर्सामा आएको हावाहुरी प्रभावितको मनोभावनामा केन्द्रीत गीत ‘उडायो हुरीले’ सार्वजनिक भएको छ ।
गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ । भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ ।
सुनिता थापाको गीतको भिडियोमा बारा र पर्साका हुरीबाट भएको क्षति र त्यसको राहत तथा उद्धार गर्दाका केही फुटेजहरु समावेश गरिएको छ ।
हेर्नुहोस् भिडियो–