टाट पल्टियो जेट एयरवेज, नेपाल आउने सबै उडान बन्द, ६ करोड बक्यौता

काठमाडौं, संकटमा परेको जेट एयरवेजले नेपाल आउने सबै जहाज बन्द गरेको छ ।

जेट एयरवेजका दैनिक तीनवटा उडान हुने गरेका थिए । जेट वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिरणबाट बोइङको बी७३७–८०० नामक १६८ सिट क्षमताको जहाजबाट दैनिक तीनवटा उडानको अनुमति स्वीकृत गराएपनि अब ती उडान नहुने बताइएको छ ।

आर्थिक संकटमा परेपछि भारतमा समेत जेटले विमानसेवा बन्द गरेको छ ।

याे पनि पढ्नुस  विमान अपहरणको धम्की दिने सल्लालाई जन्मकैद सहित पाँच करोड जरिवाना

वायुसेवाले सन् २०१८ मा मात्रै ४ लाख ५० हजार ९४९ यात्रुलाई सेवा दिएर नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सेवा दिनेको दोस्रो सूचीमा रहेको छ। यसले ३१ सय ३८ उडानमार्फत काठमाडौंमा २ लाख २४ हजार ४९५ यात्रुलाई अवतरण गराएको छ भने काठमाडौबाट २ लाख २६ हजार ४५४ यात्रुलाई बाहिर पठाएको छ।

याे पनि पढ्नुस  जेट एयरवेज कम्पनिका १६ हजार कर्मचारी तलबविहीन

यही उडानमार्फत वायुसेवाले सन् २०१८ मा पाँच सय ४९ टन कार्गो पनि बोकेको छ। भारतीय पर्यटकलाई सेवा दिने यो वायुसेवाको काठमाडौं उडान नाफामूलक भएपनि यसले आन्तरिक समस्याका कारण भने उडान स्थागित गरेको उल्लेख छ।

वायुसेवाले उडान तथा अवतरण वापत त्रिभुवन विमानस्थललाई करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

याे पनि पढ्नुस  काठमाडौं–दिल्ली हवाई भाडा तीन गुणा चर्को

वायुसेवाले फेब्रुअरीसम्ममा करिब दुई करोड रुपैयाँ तिर्नु पर्ने छ भने मार्चको विलिङ गरेको छैन्।

क्षेत्रीका अनुसार मार्चमा यसले करिब चार करोड रुपैयाँ जति तिर्नुपर्ने छ। यो वायुसेवाको विमानस्थल कार्यालयसँग करिब डेढ करोड रुपैयाँ धरौटी रकम बाँकी रहेको छ।

कमेन्ट गर्नुहोस्