सन्दीपको दिल्ली क्यापिटललाई ठूलो झडका, खेल अगाडि नै बाहिरिए यी खेलाडी

नयाँ दिल्ली । जारी आइपिएल खेलमा दिल्ली क्यापिटललाई ठूलो झडका लागेको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले समेत खेल्दै आएको दिल्ली क्यापिटलले आज कोलकत्ता नाइट राइडरसँग खेल्ने तय भएको अवस्थामा अलराउण्डरको भूमिका निर्वाह गर्ने खेलाडी हर्षल पटेल बाहिरिएका हुन ।

चोट लागेका कारण अब हर्षलले यो आइपिएल खेल्न पाउने छैनन ।

यो आइपिएलमा हर्षलले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यसअघि किंग्स एलेभन पञ्जाबका विरुद्ध खेल्दै गरेको बेला हर्षल पटेलको दायाँ हातमा चोट लागेको थियो । यही चोटका कारण बाँकी खेल खेल्न नसक्ने अवस्थामा उनी पुगेका हुन ।

दिल्ली क्यापिटलको अहिलेसम्मको यात्रा मिश्रित रहेको छ । अहिलेसम्म खेलेका ६ खेलमा दिल्लीले तीन खेल जितेको छ । कोलकत्ता नाइट राइडर्सपछि दिल्लीले आइतबार सनराइजर्स हैदराबादसँग खेल्ने तालिका छ । प्लेअफमा स्थान बनाउन दिल्लीले यी दुबै खेल जित्नु पर्नेछ ।

यस वर्ष सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

कमेन्ट गर्नुहोस्