८० जना न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिट खारेज

न्यायाधिश नियुक्तिसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ । दुई वर्षअघि नियुक्त गरेको ८० जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित पाँच सदस्यीय रहेको संवैधानिक इजलासले न्यायाधीश नियुक्ति खारेजीको माग गर्दै परेको रिट शुक्रबार खारेज गरेको हो ।

न्यायाधीश रक्षा हरि जंगले न्याय परिषदको दफा ५ अनुसार समानुपातिक सिद्धान्तअनुसार न्यायाधीश नियुक्त गरको भन्दै रिट दायर गरेका थिए । दुई वर्षअघि तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्कीको पालामा ८० जना न्यायाधीश नियुक्त भएका थिए ।

अब, उच्च अदालतका लागि नियुक्त भएका न्यायाधीशहरुले याथावत् काम गर्न पाउने भएका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: