वाइडबडी उडान रद्द घटनामा विभागीय कारवाहीको सिफारिस (समितिको निश्कर्षसहित)

काठमाडौं । नेपाल वायु सेवा निगमको उडान रद्द भएको विषयमा गठित छानबिन समितिले उक्त घटनामा दोषी देखिएका ६ जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

नेपाल वायुसेवा निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूबीच समन्वय नहुँदा वाइडबडीको दुबई उडान रद्द भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

‘उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय नगरेको देखिएकाले विभागीय कारबाही गर्न सिफारिस गरेको छ’ समितिले शुक्रबार पर्यटन मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भनिएको छ ।
समितिले शुक्रबार प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको छ।

याे पनि पढ्नुस  १२ वर्षपछि फेरि वाइडबडी जापानको ओसाका उड्ने

समितिलाई घटनाको कारण, दोषी पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन सुझावसहित पेस गर्न पर्यटन राज्यमन्त्रीस्तरीय निर्णयले अधिकार दिएको थियो। यो घटना चैत्र १९ गते राति भएको थियो। त्यस दिन ९:१५ मा दुबई उड्नुपर्ने निगमको विमान १० घन्टापछि भोलिपल्ट बिहान ८ बजे उडेको थियो। छानबिन समितिले त्यस दिन ड्युटीमा रहेका नेपाल वायुसेवा निगमका विमानस्थलका कर्मचारी, यात्रु सेवा विभागका कर्मचारी, फ्लाइट डिस्प्याचर, ग्राउन्ड इक्युभमेन्ट सुपरभाइजरलगायतलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।

याे पनि पढ्नुस  अडानमा लेखा समितिः सामान्य भाषिक हेरफेर बाहेक वाईडबडी प्रतिवेदनमा केही दायाँबायाँ नगर्ने संकेत

त्यसैगरी विमानस्थलको हवाई उडान सञ्चालन विभाग मातहत टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सहित डियुटीमा रहेका पदाधिकारीलाई पनि विभागीय कारबाहीको सिफारिस गरेको छ। छानबिन समिति यस घटनाको अध्ययनका क्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलसहित दुबै निकायका २० हाराहारी कर्मचारीसँग अन्तर्वार्ता गरेको थियो। छानबिन समितिले कारबाहीसहित थप १९ वटा सुझाव पनि दिएको छ।

याे पनि पढ्नुस  अब नागरिकस्तरबाट पनि वाइड बडी प्रकरणको छानबीन हुने, गठन भयो नमूना आयोग

गत चैत १२ गते राति सवा ९ बजे तय भएको नेपाल वायु सेवा निगमको काठमाडौंबाट दुबईतर्फ जाने उडान निर्धारित समयमा उड्न नसकी रद्द भएको थियो । उडान रद्द हुँदा यात्रुहरु रातभरी जहाजमै बस्न बाध्य भएका थिए । उक्त घटनामा भएको कमी कमजोरीको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले चैत २० गते मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

कमेन्ट गर्नुहोस्