चितवनका ५ सरकारी विद्यालय घटुवा, निजीका अवैध कक्षा सञ्चालनमा रोक

चितवन, चैत ३० । पूर्वी चितवनको खैरहनी नगरपालिकाकाले ५ वटा सरकारी विद्यालयको कक्षा घटुवा गरेको छ । नगर शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र अनुमति नलिई कक्षा सञ्चालन गरेका र विद्यार्थी संख्या कम भएका ५ सरकारी विद्यालयलाई घटुवा गरेको हो ।

अर्को एक विद्यालयलाई भने गाभिएको छ । गाभिएको विद्यालयका विद्यार्थीलाई अन्यत्रै संख्या बढी भएको स्थानमा पठाउने निर्णय भएको नगर शिक्षा समितिका सदस्य प्रेम रिमालले जानकारी दिए । आधारभूत विद्यालय गोठेश्वरले अनुमति नलिई सञ्चालन गरेको कक्षा ७ लाई खारेज गरेको छ ।

नगर कार्यपालिकाको बैंठकले अनुमति नलिई अवैध कक्षा सञ्चालन गर्दै आएका केही निजी विद्यालयलाई कक्षा सञ्चालन गर्न नदिने निर्णय गरेको छ । खैरहनी नगरपालिका वडा नं। ८ मा रहेको ज्ञानसुधा इग्लिस स्कुलले कक्षा २, ३, ४ र ५ दर्ता नगरी अवैध रुपमा सञ्चालन गर्दै आएकोमा कक्षा २ मात्रै सञ्चालनको गर्न अनुमति पाएको छ । कक्षा ३,४ र ५ सञ्चालनमा रोक लगाइएको छ । यस्तै, एकै बर्षमा जिल्ला शिक्षा कार्यालयबाट दुईवटा कक्षा सञ्चालनको अनुमति लिएको नेशनल आवासीय मावि खैरहनी ८ लाई कक्षा ४ र ५ समेत सञ्चालन गर्न अनुमति दिइएको छ ।

याे पनि पढ्नुस  छ महीनामा ५४ एचआइभी सङ्क्रमित

यो पनि पढ्नुहोस
चितवन खैरहनीका निजी विद्यालयमा अवैध कक्षा सञ्चालन

दीपज्योती इग्लिस बोर्डिङ स्कुल खैरहनीले कक्षा ६ मात्रै सञ्चालनको अनुमति पाएको छ भने, अवैध रुपमा चलाइएका कक्षा ७ र ८, कम्युनिटी स्कुलका पनि दर्ता नभएका केही कक्षा सञ्चालनमा रोक लगाइएको छ । यी विद्यालयहरुले ७र८ वर्ष अगाडिदेखि नै अवैध रुपमा कक्षा सञ्चालन गर्दै आएका थिए । गत वर्ष खैरहनी नगरपालिकाको शिक्षा समितिले अवैध कक्षा बन्द गर्न वा दर्ता प्रकृयामा आउन निर्देशन दिए पनि ती विद्यालय दर्ता हुन आएनन् ।

याे पनि पढ्नुस  चितवनमा विप्लवका २ कार्यकर्ता पक्राउ

नगर शिक्षा समितिका सदस्य सचिव एवम् नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले एक वर्षमा एक कक्षा मात्रै सञ्चालनको अनुमति पाउने भएकाले निवेदन दिएका विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा सञ्चालनको अनुमति दिइएको बताए ।

नगर कार्यपालिकाको बैंठकले नगर शिक्षा समितिका तर्फबाट कक्षा अनुमति पाएका विद्यालयमा मात्रै अभिभावकहरुले विद्यार्थी भर्ना गराउन र विद्यालयले पनि अनुमति नपाएका कक्षामा भर्ना नलिन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेपनि अझै सूचना जारी भएको छैन । विद्यालयहरुले यतिबेला धमाधम विद्यार्थी भर्ना कार्यक्रम अघि बढाएका छन् । नगर शिक्षा अधिकारी पौडेलले केहीदिनमा नै सूचना जारी गरिने बताए । उनले विद्यालयहरुलाई पनि आफूले अनुमति प्राप्त गरेका कक्षाको विवरण सार्वजनिक सूचना पार्टीमा टाँस गर्न भनिएको बताए ।

याे पनि पढ्नुस  दुर्घटनामा एकको मृत्यु, एक गम्भीरघाइते

कक्षा सञ्चालन अनुमतिमा निजीलाई भन्दा सरकारलाई गाह्रो

नगरपालिकाको शिक्षा समितिले कक्षा सञ्चालनको अनुमति लिन निजीलाई भन्दा सरकारलाई गाह्रो हुने मापदण्ड बनाएको छ । सरकारी विद्यालयले २५ जना विद्यार्थी भएपछि मात्रै कक्षा सञ्चालन अनुमति पाउँछ भने निजीले २२ जना । शिक्षा ऐनमा नै सरकारी विद्यालयले कक्षा अनुमति लिन ५० जना र निजीले ४२ जना विद्यार्थी संख्या पुर्‍याउनुपर्ने मापदण्ड बनाएको छ ।

तर, खैरहनी नगरपालिकाले विद्यार्थीको संख्या आधामा झारेर मापदण्ड बनाएको छ । नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले केन्द्रीय नीति अनुसार संख्याका आधा बनाउँदा निजीले भन्दा सरकारीले कक्षा सञ्चालन अनुमति पाउन धेरै विद्यार्थी पुर्‍याउनुपर्ने मापदण्ड बनेको बताए । यो समचार अनलाइन खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्