यस्तो छ ३ दिनको मौसम, वैशाख २ सम्म झरी पर्ने सम्भावना 

काठमाडौं, चैत ३० । आज (शनिबार) काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उसका अनुसार दिउँसो देशका पूर्वी मध्य तथा पश्चिमी भेगमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। यसैगरी राति पनि देशभर मौसम बदली भई पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भवना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज चैत ३० देखि वैशाख २ गतेसम्म वर्षाको सम्भावना रहेको अनुमान महाशाखाले गरेको छ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको तीन दिनसम्मको मौसम-

चैत ३० गते शनिबार
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख ०१ गते आइतबार
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ। साथै पूर्वी र मध्य तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।

रातिः देशको पूर्वी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख ०२ गते सोमबार
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ। यो समाचार नेपालखबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: