नेपालले यूएईसामु २४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, चैत ३० ।आईसीसी यू–१९ एकदिवसीय विश्वकप छनोटमा हरि चौहान र भिम सार्कीको अर्धशतकमा नेपालले  युनाइटेड अरब इमिरेट्स यूएईविरुद्ध २४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २४८ रनको लक्ष्य प्रस्तुत गरेको हो । धर्माराएको नेपालको इनिङसलाई हरि र भिम सार्कीले उकासे । हरिले अविजित ६७ रन बनाउँदा भिमले ५३ रन बनाए । लोबोमार्फत क्याच हुनुअघि भिमले ५४ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । हरि ७ चौका प्रहार गर्दै ६७ रनमा अविजित रहे ।

ओपनर रित गौतमले ४४ रन बनाउँदाआसिफ शेखले २७ र कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे । पहिलो विकेटका रुपमा ओपनर पवन सरार्फ १२ रनमा पभेलियन फर्किदाँ सन्दीप जोराले ४, कमलसिंह ऐरीले २, रासिद खान र कुशल मल्लले १–१ रन जोडे । सागर ढकाल २ रन जोडे ।

मलेशियास्थित किन्नरा एकेडेमी ओभलमा यूएईका रिसहब मुर्खजीले ४ तथा मुहमद फराजुद्धिनले ३ विकेट लिए । युएइले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । छनोटमा बलियो प्रतिद्धन्दीका रुपमा मानिएको यूएईबिरुद्ध नेपाल जितको लक्ष्यमा छ । यसअघि दुबै टोलीले जित निकालेका छन् । नेपालले सिगांपुरमाथि २१७ रनको जित निकाल्दा यूएईले मलेशियालाई ५ विकेटले पराजित गरेको थियो । वैशाख २ गते घरेलु टोली मलेसियासँग खेल्ने नेपालले वैशाख ३ गते ओमान र अन्तिम खेल कुवेतसँग खेल्नेछ । एशिया छनोटमा ६ राष्ट्र सहभागि छन् । शीर्ष स्थानमा रहने टोली २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि छनोट हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: