कैलालीको भासु भीरमा महिनौँ पूरानो सडेको अवस्थामा शव फेला

काठमाडौं, चैत ३० । कैलालीको भासु भीरमा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भासु भीरमा बीहिबार शव फेला परेको हो। भीमदत्त पन्त राजमार्ग अन्तरगत पर्ने भासु स्थित हाइवे सडकबाट झण्डै ५ सय मिटर तल भीरमा भेटिएको शव शुक्रबार निकालेर धनगढी ल्याईएको छ। उक्त शव महिनौँ पूरानो भएका कारण कंकाल मात्र रहेकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ।

तर वेपत्ताको उजुरीका आधारमा शव पहिचानमा जुटेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले बताए। बिहीवार साँझ स्थानीय बासिन्दाले भासु भीरमा शव रहेको जानकारी दिएपछि फल्टुडेस्थित ईलाका प्रहरी कार्यालयका र सशस्त्र प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।  यो समाचा।र दिनेश खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: