विज्ञानका लागि आदित्यको क्षमता असाधारण चुनौती : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकको अंग्रेजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताए ।

ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोतबिना ज्ञान प्राप्त गर्नु अनौठो विषय भएको उनको भनाइ थियो । ‘ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो ।’

कमेन्ट गर्नुहोस्