कम्युनिस्टले सामाजिक सद्भाव बिगारे : आरजु देउवा

धनगढी ३० चैत ।

नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले कम्यूनिष्टहरुले सामाजिक सद्भाव बिगारेको आरोप लगाएकी छन् ।
धनगढी उप–महानगरपालिका ६ मा आयोजित वडा सम्मेलन तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रमा बोल्दै नेतृ देउवाले जातियता र क्षेत्रीयताका कुरा गर्ने, जुन ठाउँमा गयो त्यतै राज्य दिने कामले गर्दा समाज तहस नहस भएको बताईन ।

टिकापुर घटना त्यसैको उपज भएको आरोप नेतृ देउवाको थियो । छिकेकीलाई छिमेकीका बिरुद्ध उचाल्नेका पनि कम्यूनिष्टहरुबाट नै भएको हो नेतृ देउवाले भनिन् , अहिले कुन चाहि गरिवलाई कम्यूनिष्टले शक्तामा पु¥याएका छन् ।

नेकपाको सरकार जनतामुखी भन्दा पनि कार्यकर्तामुखी भएको आरोप समेत नेतृ देउवाको थियो । दुई दुई तिहाईको सरकार र जनताको सम्वन्ध टुट्दै गएको छ नेतृ देउवाले भनिन्, ‘सरकारले जनतालाई धोका दिने काम मात्रै गरिरहेको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले काग्रेस जितेका निर्वाचन क्षेत्रमा बजेट नहालेको आरोप लगाए । सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउन लागेको आरोप पन्तको थियो ।

धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रका बिकास गर्नमा सदैब लागि परेको बताए । उनले धनगढी उपमहानगरपालिका प्रति प्रदेश सरकारले सौतेलो ब्यावहार गरेको आरोप समेत लगाए । कार्यक्रममा प्रदेशसभा सांसद टेकबहादुर रैका, धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट लगायतका नेताहरुको उपस्थीति थियो । कार्यक्रम वडा सभापती डण्डीराज सुवेदीको सभापतीत्वमा भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: