याे वर्ष : घरकाे पात्रो फेरियाे, मुहार फेरिएन…

हरेक वर्ष हरेक बस्ति बस्तिका घर–घरमा पात्रो फेरिन्छ । तर, हर मानिसहरुको जीवन फेरिंदैन । पाईलाहरु उस्तै रहेका हुन्छन् । पात्रो फेरिन्छ तर, काम गर्ने शैली र पात्रको व्यवहारमा केही पनि फरक पाउन आम सर्वसाधरणहरुले पाउन सकेनन् । यहाँ हुनेलाई जहाँतही नहुनेलाई काँहि न काँहि जस्तो प्रवृति हामीहरुका दैनीक जीवनमा आइरहेको महशुस गरेका छौं ।

शान्ति बस्नेत

जीवनमा नयाँ वर्षसँगै नयाँ योजनाको कार्य गर्ने युवाहरुमा मनस्थितिमा जागर आउँछ तर, के गर्नु समाज परिवर्तन गर्ने पात्रहरु पात्रो पल्टाए र विकास गर्ने वहानामा जनताहरुको भोटलाई दुरुपयोग गरि नै रहेका छन् । जुन विकास गर्नलाई पात्रोले हैन पात्रले यहाँ विकृति ल्याई रहेकाछन् । यो वर्ष सुरुवातका दिनहरुमा जसरी सुशीका साथ देशले राम्रो परिवर्तनका आशाका दियो बालेको थियो तर आजका दिनसम्ममा अनेकौं बहानाहरुमा देशलाई घाटातर्फ अगाडि बढाइरहेका हामी सबै साक्षी बनेका छौं ।

नेपाली जनताहरुले धेरै नै पात्रो फेरिसके तर परिवर्तनका नाममा समाजलाई बोझिलाे रुपमा अगाडि बढाईरहेका छन् । हरेक नेपालीहरुमा निराशाकाे दियो झन दन्किदै गएको छ । नेताको चरित्रले गर्दा सर्वसाधरण जनताहरुको दैनीक जीवनमा सकस परिनै रहेको छ ।आशाले सगरमाथाको चुचुरो चुमी रहेको छ ।

तर, के गर्नु काम गर्ने मनासाय नभएको मानवहरुले यो देशलाई विखण्डन गरी नै रहेका छन् । केही गर्लान कि जस्तो लाग्ने किसिमका नेताहरुले पनि यो देशमा सबै किसिमका समस्याहरु बल्झाएर परिवर्तनलाई अल्झाएर समाजलाई परिवर्तनको नारामा सिमित बनाएका छन् ।

युवाहरुलाई रोजगार दिने भन्ने नाममा विभिन्न सम्झौता गरे तर खै त रोजगार दैनीक हजारौंको लर्को लागेर विभिन्न देशहरुमा रोजगारीको शिलसिलामा पलायन भई रहेका छन, खै त शान्ति सुरक्षा ? निर्मला पन्तको हत्यारा सम्म पत्ता लगाउन किन सकिएन ? अनि ३३ किलो सुन कहाँ पुग्यो अनुसन्धान त्यस्तै गरि वाइडवडि प्रकरण खै कहाँ पुग्यो ? किन यस्ता यो देशका घातक घटनाहरुलाई चाहि निन्दा नै नगरि चुप लागेर बस्छ सरकार ?

सानालाई अन्याय हुदाँ किन मौन वस्छ ? कहाँ छ सरकारको कार्य कुशलता के हो किन समाजले गर्दा पद र प्रतिष्ठामा आसिन गर्न पाउनु चानचुने कुरा हैन तर पद हुँदा वा महलमा बस्दा झुपडीका सुख दुस्ख विर्सने यो देशका रक्षक हैनन् उनीहरु त यो देशका भक्षक हुन्र । समाज बन्दै छ भनेर झुटको खेति गर्नेको आशामा हैन युवा हो कामलाई सम्मान र माया गरेर हामी आफैले यो देशको मुहार फेर्नु पर्छ ।

अब हामी सबैले आफ्नो–आफ्नो ठाँउबाट जसरी सकिन्छ त्यसै गरी हातेमालो गरी यो देशका आमनागरिकलाई हर्ष र उमंगका साथ बाच्ने आधार बन्नु पर्छ ।वर्तमानलाई सू–संगठित भई व्यवस्थित वनाउन सकियो भने भविष्यमा हामी आफ्नै देशमा काम गर्ने अवसर प्राप्त गर्न सक्छौं । त्यसैले २०७६ साललाई विशेष वर्ष र हर्षका दिनहरु भित्याउन सबै जना एकजुट हौं ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: