माल्दिभ्सको टिसी स्पोर्ट्सबाट खेल्ने भए अब विमल

काठमाडौं, चैत ३० । नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष डिभिजन क्लब तथा लिग च्याम्पियन ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ समेत सम्मिलित क्लब टिसीले विमललाई पनि अनुबन्धन गरेको हो ।

विमलले केहि महिनाअघि युरोपका टोलीहरुमा ट्रायल र प्रशिक्षण दिएपनि सफल नहुँदा माल्दिभ्सबाट उनलाई प्रस्ताव आएको थियो । विमलले क्लबसँग यस सिजनको लागि अनुबन्धन गरेको स्रोतले बताएको छ । विमलले यसअघि भारतको मोहुन बगानबाट पनि खेलेका थिए । उनले नेपालमा च्यासल युवा क्लबको लागि लिग खेलेपनि युरोपको प्रस्ताव आएपछि बिचमै लिग छाडेका थिए । विमलले अर्को महिना नै क्लबमा जाने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: