हुएस्कासँग बराबरीमा रोकियो लिग लिडर बार्सिलोना

काठमाडौं, बैशाख ०१ । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पुछारको क्लब हुएस्कासँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले गोलरहित बराबरी खेलेको हो। हुएस्कासँगको खेलमा चार खेलाडीले बार्सिलोनाबाट ला लिगामा डेब्यु गरे। बराबरीपछि शीर्षस्थानको बार्सिलोनाको ३२ खेलबाट ७४ अंक भएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: