आईपीएलः पञ्जाबलाई ८ विकेटले हराउँदै बैंग्लोरको पहिलो जित, १ रनले चुके शतकबाट गेल

काठमाडौं, बैशाख ०१ । इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेजर्स बैंग्लोरले पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा किंग्स ११ पञ्जाबलाई ८ विकेटले हराउँदै सातौं खेलमा बैंग्लोरले पहिलो जित हात पारेको हो ।

मोहली क्रिकेट मैदान पञ्चाबमा भएको खेलमा बैंग्लोरले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङको निमता पाएको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनायो । १७४ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । बैंग्लोरेको जितका लागि विराट कोहली, एबी डे भिलियर्स र मार्कुस स्टोनिसको विषेश योगदान रह्यो । कोहली ६७ रन बनाएर आउट भए भने डे भिलियर्स ३८ बलमा ५९ रन र स्टोनिस १६ बलमा २८ रन बनाई नट आउट रहे ।

पञ्जाबका लागि भने आक्रामक ब्याट्सम्यान क्रिस गेलले एकल प्रदर्शन गरे । उनले ६४ बलमा १० चौका र ५ छक्कासहति ९९ रन बनाए । आईपीएलमा सातौं शतक बनाउनबाट उनी एक रनले चुके । आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने रेकर्ड गेलकै नाममा छ । जितपछि पनि तालिकाको पुच्छारमा रहेको बैंग्लोरले अंकविहीन अवस्थालाई भने टुंग्याएको छ । ८ खेल खेल्दा ४ मा जित र ४ मा हार व्यहोरेका पञ्जाब ८ अंकसहित ५औं स्थानमा छ । शनिबार नै भएको आईपीएलको पहिलो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हरायो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: