चिकित्सकः माग पूरा गर्ने सरकारको आश्वासनपछि काममा फर्किए

काठमाडौं, वैशाख ०१ । आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधन गर्ने सरकारी आश्वासनपछि चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका छन्  ।सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् । चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तर्गत राख्नु पर्ने माग राख्दै देशभरको ओपीडी सेवा बहिष्कार गरेका थिए ।

ओेपीडी सेवा बहिष्कार गरेको ९ दिनपछि आजदेखि सेवा सुचारु गरिएको सरकारी चिकित्कस संघका उपाध्यक्ष डाक्टर नविन पोखरेलले जानकारी दिए । सरकारले माग सम्बोधनको लागि आश्वासन दिएको हुँदा काममा फर्किएको चिकित्सकहरुले जनाएका छन् । यदि सरकारले त्यसपछि पनि मागको सुनुवाइ नगरे पुनः आन्दोलनमा उत्रिने संघको तयारी छ ।

कमेन्ट गर्नुहोस्