यू–१९ विश्वकप एसिया छनोटः नेपाल र मलेसियाबीच बिच खेल जारी

काठमाण्डौं, बैशाख ०२ । आईसीसी यू–१९ एसिया छनोटमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरीरहेको छ। क्वाललम्पुरमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाललाई दोस्रो खेलमा वर्षाले धोका दिएको थियो ।

वर्षा भएपछि डिएलए नियम अनुसार नेपाल यूएईसँग १ रनले पराजित हुन पुगेको थियो । ८ टिम सहभागी यस प्रतियोगितामा शीर्ष बन्ने टिम दक्षिण अफ्रिकामा आयोजना हुने यू- १९ विश्वकपमा छनोट हुने छ । नेपालको टिममा आज प्लेइङ ११ मा रित गौतम, पवन सराफ, आसिफ सेख, (कप्तान) रोहित कुमार पौडेल, सन्दीप जोरा, हरि बहादुर चौहान, भिम सार्की, कुसल मल्ल, कमल सिंह ऐरी, सागर ढकाल, रसिद खान अटाएका छन् । जसमा अहिले सम्मको खेलमा कमल सिंह ऐरीले २ र कुसल मल्लले १ विकेट लिएका छन् । र मलेसियाले अहिलेसम्म १७ ओभरमा ४ विकेट गुमाएको छ भने ६३ रन जोडेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: