यू–१९ विश्वकप एसिया छनोटः मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य प्रस्तुत

काठमाण्डौं बैशाख ०२ । आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत सोमबार भएको खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । क्वलालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसियाले ३३.४ ओभरमा अल आउट हुँदै ९२ रनमात्रै जोड्न सक्यो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए । मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे । यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९४ रनको लक्ष्य पछ्याउँदै नेपालले केही बेरमा जवाफी व्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: