बन्दुक पड्किदा एकको मृत्यु

सोलुखुम्बु, बैशाख ०२ । भरुवा बन्दुक पड्किदा सोलुखुम्बुको माप्यदुधकोशी गाउपालीका ४ मा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार आईतबार साझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किदा माप्यदुधकोशी गाउपालीका ४ डाडा गाउँका २० वर्षिय सुमन राईको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  ऋण काढेर जलविद्युतमा सेयर लगानी

बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा फाप्लु ल्याउदै गर्दा आइतबार राती बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदिप सुबेदीले जानकारी दिए । शवलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्