अन्डर १९ विश्वकप क्रिकेट छनोटमा नेपालले हरायो मलेसियालाई

अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले मलेशियालाई आठ विकेटले पराजित गरेको छ।

स्पिनरद्वय पवन सराफ र कुशल मल्लले तीन-तीन विकेट लिएपछि नेपालले आयोजक मलेशियालाई ३३.५ ओभरमा ९२ रनमा सीमित पार्‍यो।

दोस्रो इनिङ्समा ब्याटिङ गर्दा नेपालले १९ ओभरमै लक्ष्य पूरा गर्यो।

प्रारम्भिक ब्याट्सम्यान रित गौतमले ३९ रन बनाए भने आसिफ शेख र सराफले क्रमश: २६ र १९ रन बनाए।

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेल प्रदर्शन गरेका सराफ प्लेयर अफ द म्याच घोषित भए।

उनले ८.५ ओभर बलिङ गर्दा १३ दिएर तीन विकेट लिएका थिए्

टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुदेखि नै मलेशियालाई दबावमा राखेको थियो।

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो। वर्षाले खेल अवरुद्ध भएपछि नेपाललाई क्षति पुगेको हो । यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ। यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ।

अबका खेलमा नेपालले जिते मात्रै पुग्दैन नेपालले यूएईले कम्तिमा एक खेल गुमाउँनु पर्ने छ र त्यसमा नेट रन रेटमा समेत नेपालले उछिन्नु पर्ने छ। यूएई अहिसम्मका तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थान छ। आजै भएको कुवेतविरुद्धको खेलमा यूएईले ७ विकेटको जित निकाल्यो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: