कुमारी बैंक पुरस्कृत

काठमाडौं, वैशाख ०२ । हालै भारतको मैसुरमा सम्पन्न भएको Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो ।

आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रीजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ ।

याे पनि पढ्नुस  कुमारी बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग

अन्तर्राष्ट्रिय मञ्चमा नविन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भएपश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ । यसरी नै नेपाली बैंकहरुमा भएको क्षमता र सम्भावनालाई पनि आगामी दिनहरुका लागी उजागर गर्न सकिन्छ भन्नेमा बैंक विश्वस्त छ ।

याे पनि पढ्नुस  कुमारी बैंकले नगद लाभांश वितरण गर्ने

कमेन्ट गर्नुहोस्