जग्गा घोटाला प्रकरणमा २२ कर्मचारी फन्दामा !

काठमाडौं, बैशाख ०३ । ललिता निवास भनिने बालुवाटारको जग्गालाई लिएर सञ्चारमाध्यममा व्यापक चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त काण्डमा संलग्न मालपोत कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

प्रधानमन्त्रीले नयाँ वर्षको पहिलो दिन सरकारी निवासबाट देशबासीको नाममा सम्बोधन गर्ने क्रममा उक्त कर्मचारीलाई कारबाही गरिने बताएपछि छानबिन प्रक्रिया अगाडि बढेको छ ।  डिल्लीबजार मालपोतका तत्कालीन मालपोत अधिकृत कलाधर देउवालगायत फाइल पेश गर्ने, राय लेख्ने तथा पछि फाइल गायव पार्ने २२ जना कर्मचारीमाथि कारबाहीको सिफारिस गरिएको छ । यो समाचारआजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: