वाटफोर्डको आर्सनलसँग १-० ले हार

काठमाडौं, बैशाख ०३ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वाटफोर्डलाई एक शून्यले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा झरेको वाटफोर्डविरुद्ध जित निकाल्ने क्रममा आर्सनलका लागि इमीरी पियरेको एकमात्र गोल निर्णायक बन्यो ।

वाटफोर्डको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा नै पिएरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेट पछि नै वाटफोर्ड १० खेलाडीमा झर्न पुग्यो । वाटफोर्डका डीने रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर त्यसपछि आर्सनलले विपक्षी १० खेलाडीमा झरेको फाइदा लिन सकेन । तर पनि पिएरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंककासाथ लिगको चौथो स्थानमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: