राष्ट्रपतिद्वारा विप्लव निकटलाई पनि पदक

काठमाडौं, बैशाख ०३ । ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन् । भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी थिइन् ।

प्र्रबल जनसेवाश्री पदक पाउने पाठक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हुन् । गत वर्षमात्र उनी अध्यक्ष भएका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनका अध्यक्ष भए पनि पाठकले नेतृत्व गरेको स्कुल अध्ययनअध्यापनमा अब्बल छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्