दोस्रो चन्द्रागिरि महोत्सवमा खानेपानी मन्त्रीसहित नगरप्रमुखद्वारा पानस बत्ती बाली शुभारम्भ (फोटो)

काठमाडौं, वैशाख ३ । मंगलबार दोश्रो चन्द्रागिरि महोत्सव नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा, खानेपानी तथा सरसफाई मन्त्री विना मगरको प्रमुख आतिथ्यतामा, प्रतिनिधि सभाका माननीय सांसद अन्जना विसङ्खे, संविधान सभा सदस्य एवं मजदुर नेता जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, ३ नं प्रदेश सभाका माननीय सांसद त्रय रमा आलेमगर, केशवप्रसाद पोखरेल, वेलीमाया घले, जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राज वैद्य, जिसस उपप्रमुख सरिता दाहाल, उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेता हरिशरण थापा, नेपाली कांग्रेसका नेता राजेन्द्र विक्रम वानिया, चन्द्रागिरि नपा वडा नं १ दहचोकका वडाध्यक्ष राजेन्द्र केसी लगायत अन्य वडाध्यक्षहरू, कार्यपालिका–वडा सदस्यहरू समाजसेवी लब्ध प्रतिष्ठितहरूको आतिथ्यतामा मूख्य आयोजक चन्द्रागिरि नगरपालिका, आयोजक देव दर्शन मिडिया ग्रुप समेत भई संयोजक रामनारायण घिमिरे सहसंयोजक रोसन दानी रहेका चन्द्रागिरि नपा वडा नं १२ बलम्वु स्थित भेईकल एकेडेमीसंगै भएको दोश्रो चन्द्रागिरि महोत्सव उद्घाटन प्रमुख अतिथिबाट पानसमा द्धिप प्रज्वलन गरी भव्यरूपमा शुभारम्भ गरे ।

केही फोटोहरु

तस्वीर : रोशन दानी

 

कमेन्ट गर्नुहोस्