मुक्तिनाथ विकास बैंक द्दारा महानगरीय प्रहरी वृत्तलाई सहयोग

काठमाडौं, बैशाख ०३ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त कमल पोखरीलाई सहयोग गरेको छ ।बैंकले काठमाडौं महानगरपालिका १ स्थित महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको हो ।

उक्त स्टीकर महानगरीय प्रहरी वृत्त कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टासिनेछ । उक्त स्टीकर मुक्तिनाथ विकास बैंक मार्केटिङ तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेललाई हस्तान्तरण गरेका छन् ।  यो समाचार रातो पाटीबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: