नख्खु बमकाण्डका मुख्य योजनाकार पक्राउ

काठमाडौं, बैशाख ०३ । प्रहरीले ललितपुरको नख्खुमा भएको बम विस्फोटको घटनामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीर बहादुर कठायतलाई पक्राउ गरेको हो । अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेका कठायतलाई सुन्धाराबाट पक्राउ गरिएको हो । २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने २ जना गम्भीर घाइते भएका थिए ।

नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना अझैं फरार रहेका छन् । यस्तै फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको एसपी राठौरले बताए । सो विस्फोटमा परी ३ जना घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: