मेस्सीको उत्कृट प्रर्दशनः यूनाइटेडमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं, बैशाख ०४ । बार्सिलोना यूरोपियन च्याम्पिन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको दोस्रो लेगमा लियोनल मेस्सीबाट प्रेरित बार्सिलोनाले म्यानचेस्टर यूनाइटेडमाथि ३-० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।

यो हारसँग म्यानू भने प्रतियोगिताबाट बाहिरिएको छ। समग्रमा क्वार्टरफाइनलमा बार्सिलोनाले यूनाइटेडला२ ४-० ले पराजित गर्‍यो। पहिलो लेगमा बार्सिलोनाले यूनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको थियो। घरेलु मैदान नेउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप्पे कौटिन्होले एक गोल गरेका थिए।

याे पनि पढ्नुस  बन्द रंगशालामा भएको खेलमा बार्सीलोना विजयी

१६औं मिनेटमा लियोनल मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ४ मिनेट पछि नै मेस्सीले दोस्रो गोल गरे। यस्तै ६१औं मिनेटमा कौटिन्होले तेस्रो गोल गर्दै यूनाइटेडलाई रित्तो हात घर फर्काए। बार्सिलोनाले सेमिफाइनलमा अब लिभरपुल वा पोर्टोमा एकसँग खेल्नेछ। २०१४-१५ को सिजनपछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो।

कमेन्ट गर्नुहोस्