पर्यटन क्षेत्रमा पुर्याएको योगदान प्रती प्रबल जनसेवाश्री पदक शाहलाई

काठमाडौं, वैशाख ४ । पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल सरकारले चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई प्रवल जनसेवाश्रीबाट विभूषित गरेको छ ।

संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा शाहलाई विभूषित गरिएको हो । शाहसहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्यलाई पनि विभूषित गरिएको थियो । नेपाल सरकारको गौरब एवम् पर्यटन क्षेत्रको अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले विभूषित गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर रहेको विभूषणपत्रमा मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालीको श्रीवृद्धिमा थप सफलता मिलोस भन्ने उल्लेख गरिएको छ ।

पछील्लो पटक चन्द्रागिरि हिल्सका महाप्रबन्धक रहेका शाहले चन्द्रागिरिलाई नयाँ पर्यटकिय गन्तब्य बनाउन उल्लेखनिय भूमिका खेलेका थिए । शाह विगत ८ वर्ष देखि पर्यटक क्षेत्रमा कृयाशिल रहँदै आएका छा् ।

बिभुसित लगतै प्रतिकृया दिदै शाहले नेपाल सरकारले काम र मिहेनतको मुल्यांकन गरी दिएको पदकको गरिमा राख्नका लागि अझै मिहेन जारी राख्ने बताएका छन् । उनले नेपाल सरकारले आफूमाथि राखेको विश्वास र भरोसलाई अझ मजबुद बनाउँदै मुलुकको हित हुने र पर्यटन क्षेत्रलाई समुदायको आयस्रोतमा रुपान्तरण गर्नेमा आफ्नो भूमिका रहने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: