लाजिम्पाटबाट ५० केजी गाँजासहित दुई पक्राउ

काठमाडौं, वैशाख ४ । लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठ रहेका छन् । उनीहरुलाई बुधबार परिसरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार हुन्छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले यसअघि पनि उक्त क्षेत्रको विभिन्न ठाउँमा छापा मार्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: