बुधबार पनि काठमाडौंसहित पूर्वमा वर्षा हुने सम्भावना

काठमाडौं, वैशाख ४ । बुधबार देशैभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार देशको पश्चिमी भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ भने दिउँसोदेखि मध्य र पूर्वी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले अहिले पश्चिमी क्षेत्रको दिपालयलगायतका स्थानमा पानी परिरहेको जानकारी दिँदै दिउँसोदेखि काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको बताए । ‘वर्षासँगै चट्याङ पर्ने तथा सामान्य हावाहुरी आउने सम्भावना पनि छ,’ उनले भने ।

याे पनि पढ्नुस  ‘संघीय सरकारको जानकारीमा मुख्यमन्त्रीको भ्रमण’

अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको संयुक्त प्रभावले मौसम बदली भएको मौसमविद् पौडेलले बताए । ‘बिहीबारदेखि मौसममा केही सुधार हुने देखिन्छ,’ उनले भने, ‘तर पूरै सुधार हुन भने अझै एक–दुई दिन लाग्छ ।’

कमेन्ट गर्नुहोस्