च्याम्पियन्स लिगः आज लिभरपुल र पोर्टो, म्यानचेस्टर सिटी र टोटनह्याबीच प्रतिस्पर्धा

काठमाडौं, बैशाख ०४ । युरोपियन च्याम्पियन्स लिगमा बुधबार राति दुई महत्वपूर्ण खेल हुँदैछन्। क्वाटर फाइनलको निर्णायक लेगमा लिभरपुल र पोर्टो तथा म्यानचेस्टर सिटी र टोटनह्याबीच प्रतिस्पर्धा हुन लागेको हो। दुवै खेल नेपाली समयअनुसार आज राति पौने १ बजे सुरु हुनेछ। पहिलो लेगमा लिभरपुलले आफ्नो घरेलु मैदानमा पोर्टोविरुद्ध २–० को अग्रता लिएको छ। यस्तै पहिलो लेगमा टोटनह्यामले समेत घरेलु लिगमा सिटीविरुद्ध १–० को अग्रता लिएको छ।

आज हुने दोस्रो लेग सेमिफाइनल प्रवेशको निर्णायक खेल भएको कारण अग्रता लिएको टोली र पछाडि रहेको टोलीले संयमता अपनाएर मैदानमा प्रदर्शन गर्नुपर्ने हुन्छ। मंगलबार राति बार्सिलोना म्यानचेस्टर युनाइटेडलाई समग्र लेगमा ४–० ले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। आयाक्सले युभेन्ट्सलाई समग्र लेगमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। आजको खेलसँगै सेमिफाइनल समिकरण पुरा हुनेछ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: