महेन्द्रराजमार्गको व्यस्त दुम्कौली बजारमा बम बिस्फोट

नवलपरासी — महेन्द्रराजमार्गको व्यस्त दुम्कौली बजारमा बम बिस्फोट भएको छ ।

विप्लव नेतृत्वकाे नेकपाले बन्द अाव्हान गरेकाे अघिल्लाे दिन अाज अज्ञात समुहले महेन्द्रराजमार्ग अन्तरगत कावासोती–नारायणगढ  खण्डको व्यस्त दुम्कौली बजारकााे  राजमार्ग छेउमा बुधबार ५ बजे शक्तिशालि बम बिस्फोट गराएको हो । बिस्फोटबाट मानविय क्षति भएको छैन ।

बन्दकाे प्रचार गर्न विप्लवका कार्यकर्ताले विष्फाेट गराएकाे अाशंका स्थानियले गरेका छन् ।

दुम्कौली बजारको उत्तरतर्फ राजमार्ग किनारमा शक्तिशालि बम बिस्फोट भएको स्थानिय विकास थापाले बताए। चन्द नेतृत्वको नेकपा समूहले बिहीबारका लागि आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा बम बिस्फोट भएका कारण सुरक्षा निकायले समेत बिस्फोट उक्त समूहले नै गराएको हुनसक्ने आशंका गरेको छ।

महेन्द्रराजमार्गको उत्तरमा चौधरी उद्योग ग्राम रहेको छ भने पूर्व र दक्षिणमा बाक्लो वस्ती रहेको छ। प्रहरीले बिस्फोट बारे अनुसन्धान भैरहेको जनाएको छ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बम बिस्फोट घटनाको अनुसन्धानमा प्रहरी खटाईसकेको बताए।

PHOTO: symbolic only

कमेन्ट गर्नुहोस्