पाल्पाको खस्यौली गाउँपालिका भवनमा बम बिस्फोट

पाल्पा, बैशाख ०५। पाल्पामा सुतली बम पड्किएको छ । जिल्लाको को रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ ।

राति १ बजे बम बिस्फोट भएको हो । यसैगरी बाग्लुङमा भेटिएको बम सेनाको डिस्पोजल टोलीले  निस्किय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा पनि विप्लव समूहले राखेको बम सेनाले निस्किय पारेको छ । बम विप्लव समूहले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: