नेपालको भू–उपग्रह प्रक्षेपणपछि उपराष्ट्रपतिको सन्देश

काठमाडौं, बैशाख ०५ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बिहीबार विहान २ः३१ बजे नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकोमा खुशी व्यक्त गरेका छन् । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको अवसरमा उनले दिएको सन्देश ।

          सन्देश

याे पनि पढ्नुस  नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसरः राष्ट्रपति भण्डारी

‘आज विहान २ः३१ बजे नेपालको पहिलो भू–उपग्रह (न्यानो स्याटेलाइट) ‘नेपाली स्याट–१’ अन्तरिक्षतर्फ पठाइएकोमा ज्यादै खुशी लागेको छ । यससँगै नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको छ । सानै प्रयास भए पनि अन्तरिक्षमा नेपालको सहभागीता हुनु ज्यादै खुशी र गौरवको कुरा हो । यस अवसरमा म सबै नेपालीमा बधाई ज्ञापन गर्दछु ।

याे पनि पढ्नुस  चितवनमा उपराष्ट्रपति पासाङको ‘जंगल सफारी’ (फोटो फिचर)

यो सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट) र नेपाली वैज्ञानिकहरुलाई म धन्यवाद दिन चाहन्छु । यो प्रक्षेपण पूर्ण सफल हुने अपेक्षा सहित आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकहरुमा शुभकामना व्यक्त गर्दछु ।

याे पनि पढ्नुस  राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

कमेन्ट गर्नुहोस्