कुवेतले नेपाललाई दियो १५८ रनको लक्ष्य, कप्तान रोहितको उत्कृष्ट बलिङ

काठमाडौं, बैशाख ०५ । यू–१९ विश्वकप छनोटको अन्तिम खेलमा कुवेतले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनायो । नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चिएर ३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: