आज फेरि तोलामा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, वैशाख ५ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा आज फेरि सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बिहीबार बजारमा चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: