वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा उपचारको क्रममा निधन

काठमाडौं, वैशाख ५ । रंग पत्रकारका अभिभावक तथा कामना न्यूज पब्लिकेसन्स प्रालिका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा बिहान बिहान ११ः५९ बजे उपचारको क्रममा निधन भएको दुःखद खबरले चलचित्र पत्रकार संघ नेपाल स्तब्ध र दुःखी भएको छ ।

श्रेष्ठको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि भारतको मेदान्त अस्पताल हुँदै पछिल्लो समय काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

याे पनि पढ्नुस  वैशाख २८ गते एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियनसीप रेस्लिङ आयोजना हुंदै

वि.सं.२०१६ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठ कामना ग्रुप अफ पब्लिकेसन्स, नेपाल मिडिया सोसाइटी, इन्टरनेसलन प्रेस इन्ष्टिच्यूट अन्तर्गत नेपाल नेसनल कमिटीलगायतका संस्थाका संस्थापक अध्यक्ष रहेका थिए । नेपालमा रंग पत्रकारिताको सुरुवात उनले कामना मासिक मार्फत गरेका थिए । संचार क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुको जिम्मेवारी सम्हालेका उनी लामो समयदेखि नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक रहेका थिए ।

याे पनि पढ्नुस  डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ

श्रेष्ठको निधनले नेपाली रंग पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ । उनले पत्रकारिता क्षेत्रमा पुर्याएका योगदानको नेपाली पत्रकारिता जगतले सदा स्मरण गरिरहने छ । चलचित्र पत्रकार संघ नेपाल स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

याे पनि पढ्नुस  आज देशभर लोडसेडिङ नहुने, कुलमान आफै रातभरी खटिने

साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।

कमेन्ट गर्नुहोस्