‘राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६’ आवेदन फाराम खुला

अन्तिम मिति वैशाख १५ गतेसम्म फारम भर्न सकिने

काठमाडौंं, वैशाख ५ । सामना म्यूजिक क्रियशन प्रालिको आयोजनामा राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६को आवेदन फारम धमाधम वितरण भइरहेको छ।

अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला–गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए । नेपाली लोकगीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीतलगायत ५० विधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ ।

२०७५ बैशाख १ गतेदेखि चैत मसान्तभित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले बताए । गायक गायिकाको हकमा भने भिडियो तयार नभएपनि सहभागी हुन सक्ने भएका छन ।

फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १५ गतेसम्म भर्न सक्ने ब्यावस्था मिलाइएको छ । आवेदन फारम अनामनगरस्थित सामना म्यूजिक क्रियसन प्रालिको कार्यालयबाट प्राप्त गर्न सकिने भएको छ । साथै फोन नं ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सामना म्यूजिक क्रियसन प्रालीका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: