धनगढीमा विद्यार्थी भर्ना अभियानः विद्यालयप्रति अभिभावकको अपनत्व नै छैन : नगरप्रमुख

धनगढी, बैशाख ५ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व नै नरहेको बताएका छन् ।

बिहीबार धनगढी उप–महानगरपालिका ४ मा रहेको तुलसीराम राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै विद्यालयको पढाई गुणस्तरण सुधार गर्नका लागि स्थानीय अभिभावकहरुको अपनत्वको भावना हुनुपर्ने बताए । छोराछोरीलाई झोला बोकाएर विद्यालय पठाउनुमात्रै अभिभावको दायित्व होइन नगरप्रमुख वडले भने– ‘शिक्षकले पढायो पढाएन छोराछोरी पढेकी पढेनन् भनेर पनि बुझ्नुपर्छ ।’

याे पनि पढ्नुस  धनगढीमा नेपाली कांग्रेसको अग्रता कायमै, स्वतन्त्रले पछ्याउँदै

नगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले पढाईको गुणस्तर सुधार गर्नका लागि दण्ड र पुरस्कारको निति समेत लिने बताए । उनले भने, ‘राम्रो गर्ने विद्यालय र शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई सहयोग घटाउने छौं ।’ नगरप्रमुख वडले विद्यालय बाहिर रहेका विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन आफै अभियानमा खटिएको बताए ।

याे पनि पढ्नुस  धनगढीमा श्रीकृष्ण जन्माष्टमी

सोही कार्यक्रममा नगरप्रमुख नृपबहादुर वडले पाँच जना र धनगढी उप–महानगरपालिका ४का वडा अध्यक्ष दिपक थापाले पाँच जना बालबालिको अभिभावकत्व ग्रहण गरेका थिए । नगरप्रमुख वडले पुरन चौधरी, ऋतीक चौधरी, मिरा गुप्ता, आर्यन चौधरी र आयूस चौधरीको अभिभावकत्व ग्रहण गरेको थिए । वडा अध्यक्ष थापाले दली बहादुर वली, विक्रम वली, आर्यन चौधरी, कनैया चौधरी र आनन्द चौधरीको अभिभावकत्व ग्रहण गरेको थिए ।

कमेन्ट गर्नुहोस्