मन्त्री वर्षमान पुनद्वारा रोल्पाका शहीद तथा वेपत्ता परिवारलाई जस्तापाता वितरण

रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले रोल्पाका शहीद तथा वेपत्ता परिवारलाई जस्तापाता वितरण गरेका छन् ।

समृद्ध रोल्पा फाउण्डेशनका संरक्षक समेत रहेका मन्त्री पुनले बिहिबार रोल्पाको लिवाङमा जस्तापाता वितरण गरेका हुन् ।

रोल्पामा फुसको छाना भएका सबै घरलाई हावा पानीबाट सुरक्षित बनाउन जस्ता पाता वितरण गर्ने प्रतिवद्धता जनाएका पुनले आफ्नो प्रतिवद्धता अनुसार सांसद सुरक्षित आवास कार्यक्रम मार्फत पहिलो चरणमा जस्तापाता वितरण गरिएकाे हाे ।

कार्यक्रममा मन्त्री पुनले पाँच वर्षको आफ्नो कार्यकालमा रोल्पामा रहेका झण्डै १४ हजार परिवारलाई छाना वितरण गरिसक्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य एवं फाउण्डेशनका अध्यक्ष ओनसरी घर्ती लगाएतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्