विप्लव समूहको बन्दका कारण सुदूरपश्चिम ठप्प,कैलालीमा पाँच स्थानमा बम फेला

काठमाडौं, बैशाख ०५ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वानसंगै कैलालीका बिभिन्न स्थानमा शंकास्पद वस्तु राखेको छ । शंकास्पद बस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ ।

कैलालीको अत्तरीया, चौमाला, र राजीपुर, बौनिया, लम्की लगायतका ठाउमा बम राखिएको पाईएको प्रहरीले जनाएको छ । अत्तरीयाको गोदावरी रोडमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय गर्न सेनाको टोली घट्नास्थल तर्फगएको छ । त्यस्तै कैलालीको मसुरीया र लम्कीमा बम राखिएको स्थानमा समेत सेना परिचालन भएको छ ।

बिप्लव समूहको बन्दका कारण सुदूर पश्चिमको जनजीवन प्रभावित भएको छ । नौ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधनहरु चल्न सकेकाछैनन । बजारहरु पनिपूर्ण रुपमा बन्द छन् । बन्द आह्वानको प्रभाव शैक्षिक संस्थाहरुमा समेत परेको छ । कलकारखाना, उद्योगधन्दा पनि बन्द आह्वानबाट प्रभावित भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: