निद्रासम्बन्धी १० भ्रम जसलाई हामीले आजैबाट त्याग्नुपर्ने

एजेन्सी । हामीमध्ये धेरैको निद्राबारे केही धारणा बनाएका हुन्छौं । तीमध्ये केही अनुसन्धानमा आधारित हुन्छन् भने हामीमध्ये कतिले त्यस्ता भ्रम पालेका हुन्छौं जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुने एनवाईयू लाङ्गोन हेल्थ स्कूल एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् ।

एनवाईयू लाङ्गोन हेल्थ स्कूलकी पोष्टडक्टरल रिसर्च फेलो रेबेका रबिन्सले हाम्रो सुताई र उठाईबीच निकै गहिरो सम्बन्ध हुने बताएकी छिन् ।

रबिन्स र उनका सहकर्मीले निद्राको सही तालिकाको अध्ययनका लागि आठ हजार वेबसाइटको अध्ययन गरे । त्यहाँ उल्लेखित धारणालाई ‘स्लिप मेडिसिन एक्सपर्ट’सँग सल्लाह गरे । तीमध्ये कुन भ्रम हो वा कुन यथार्थ हो भन्ने निश्चित गर्दै यसलाई झुटो र स्वास्थ्यको हिसाबले कति महत्वपूर्ण छ भनेर सूचीबद्ध गरियो । यसैका आधारमा निद्राबारे हामीले पाल्ने यस्ता १० भ्रमबारे यहाँ जानकारी दिइएको छ । यस्ता भ्रमलाई आजबाटै हामीले त्याग्नुपर्ने विशेषज्ञ बताउँछन् ।

 

भ्रम नं १ः वयस्कलाई पाँच घण्टा वा सोभन्दा कम सुते पुग्छः

‘यदि तपाईं दिनमा निकै फुर्तिलो हुन चाहनुहुन्छ, बिरामी हुन चाहनुहुन्नँ, मानसिक रुपमा बलियो हुन चाहनुहुन्छ, आफूले चाहेको जस्तो जीवनशैली अपनाउन चाहनुहुन्छ भने तपाईं कति घण्टा सुत्नुपर्छ रु’ डिपार्टमेन्ट अफ पपुलेशन हेल्थका वरिष्ठ अनुसन्धानकर्ता गिरार्डिन जिन–लुइसले प्रश्न सोधे ।

‘धेरैले पाँच घण्टा वा सोभन्दा कम सुते पर्याप्त हुने बताउन सक्छन्,’ उनले भने । ‘हामीले पत्ता लगाएको सबैभन्दा ठूलो समस्याग्रस्त धारणा यही नै हो ।’

उमेर अनुसार हामी दैनिक सातदेखि १० घण्टा सुत्नैपर्छ । तर अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार एक तिहाई अमेरिकी सात घण्टाभन्दा कम सुत्छन् । वर्ल्ड स्लिप डे स्ट्याटिस्टिक्सका अनुसार पर्याप्त निद्रा नपुग्दा ४५ प्रतिशतको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको छ ।

‘लगातार पाँच घण्टा वा सोभन्दा कम सुत्नेहरुको स्वास्थ्यमा विकराल समस्या निम्तिने प्रमाण नै हामीसँग छ जसमा हृदयसम्बन्धि रोग र छिटो मृत्यु हुने पर्दछन्,’ रबिन्स भन्छिन् ।

बेलायतका १० हजार तीन सय ८ जना निजामती कर्मचारीमाथि एउटा अनुसन्धान गरिएको थियो । यसमा सात घण्टा सुत्ने कर्मचारी केही रातका लागि पाँच घण्टा मात्र सुत्दा उनीहरुको मृत्युदर दोब्बरले बढेको पाइयो, विशेषगरी मुटुसम्बन्धि रोगका कारण ।

विज्ञानले पनि थोरै सुत्दा रक्तचाप उच्च हुने, रोग प्रतिरोधी क्षमता कम हुने, तौल बढ्ने, यौनेच्छामा कमी, मुड परिवर्तन भइरहने, डिप्रेशन, मधुमेहको उच्च जोखिम, स्ट्रोक, दिमागी रोग र केही प्रकारको क्यान्सर हुने बताएको पुष्टि गरिसकेको छ ।

भ्रम नं २ः निदाउने त हो, जहाँ र जहिले सुते पनि भइहाल्यो नि !

पर्याप्त विश्राम लिएका व्यक्ति कार, ट्रेन, विमान चल्न सुरु भएलगत्तै निदाउने गरेको धेरैले धारणा बनाएका हुन्छन् । वास्तवमा यो ठिक विपरित हो ।

‘जहाँ पनि जतापनि निदाइहाल्नु भनेको तपाईंले पर्याप्त निन्द्रा नपाएको संकेत हो,’ रबिन्सले भनिन् । ‘यसको अर्थ यो हो कि तपाईंको शरीर यति थकित छ कि तपाईंले मौका पाएलगत्तै निन्द्राको बोझ हल्का पार्न खोज्नुहुन्छ ।’

निन्द्रा नपुग्दा तपाईंको दिमागमा एडेनोसाइन नामको रसायन श्राव हुन्छ जसका कारण तपाईंलाई दिनभरी झुप्प–झुप्प भइरहन्छ । मिठो निन्द्रा लाग्दा यो रसायनको श्राव निकै कम हुन्छ र जब तपाईं उठ्नुहुन्छ तपाईं फ्रेश भएको महसुस गर्नुहुन्छ ।

भ्रम नं ३ः तपाईंको दिमाग र शरीरले कम निन्द्रा बिस्तारै पचाउन सक्छ

दिनदिनै कम सुत्ने व्यक्तिहरुको दिमाग र शरीर क्रमशः यसमा अभ्यस्त हुँदै जाने धेरैले सोचिरहेका हुन्छन् । तर विशेषज्ञका अनुसार यो पनि एउटा भ्रम नै हो । किनभने हाम्रो शरीरले पूर्ण रुपमा आफूलाई पुनर्स्थापित गर्न निन्द्राको चारवटा भिन्न चरण पार गर्नुपर्छ ।

पहिलो चरणमा, तपाईं कम सुत्न थाल्नुहुन्छ र तपाईं आफ्नो वातावरणसँग कम घुलमिल हुनुहुनेछ । दोस्रो चरणमा तपाईं आफ्नो धेरैजसो समय सुतेर नै बिताउनु हुनेछ । तेस्रो र चौथो चरणमा सबैभन्दा गहिरो, सबैभन्दा राम्रो निन्द्रा र –यापिड आइ मुभमेन्ट (REM) स्लिप पर्छ ।

 ‘REM मा तपाईंको दिमाग सबैभन्दा बढी प्रतिक्रियाशील हुन्छ,’ रबिन्सले भनिन् । ‘यदि तपाईंको दिमागी तरङ्गलाई हेर्ने हो भने तपाईंको दिमाग ब्यूँझिरहेको देख्नुहुनेछ ।’

REM तपाईं निदाएको जुनसुकै बेला पनि सुरु हुनसक्छ तर साधारणतया यो तपाईं निदाएको ९० मिनेटपछि सुरु हुन्छ । REM  त्यतिबेला हुन्छ जब तपाईंको शरीर र दिमाग तपाईंका यादहरु कैद गर्न व्यस्त हुन्छन् । तपाईं सपना देखिरहेका बेला पनि च्भ्ः हुन्छ । तपाईं च्भ्ः निन्द्रामा हुँदा हात र खुट्टाका माशंपेशी अस्थायी रुपमा पक्षघात हुन्छन् त्यसकारण तपाईं सपनामा बहकिएर आफूलाई असर पुर्याउन सक्नुहुन्नँ ।

मिठो निन्द्राका लागि तपाईंको  REM साइकल दोहोरिरहन्छ । यसले तपाईंको सुत्ने समयको २५ प्रतिशत ओगटेको हुन्छ ।

निन्द्राको अर्को महत्वपूर्ण पाटो भनेको गहिरो निन्द्रा हो । यतिबेला तपाईंको दिमागको तरङ्ग डेल्टा वा स्लो वेभ स्लिपमा परिणत हुन्छ । यतिबेला मानव वृद्धि हर्मोनको श्राव हुन्छ र यादहरु कैद हुन्छन् ।

‘गहिरो निन्द्रा न्यूरोनको विकासका लागि, मासंपेशीको मर्मतका लागि र रोग प्रतिरोधी क्षमताको विकासका लागि अत्यधिक महत्वपूर्ण छ,’ रबिन्सले भनिन् ।

गहिरो निन्द्रामा भएका मानिसहरुलाई ब्यूँझाउन निकै गाह्रो हुन्छ । यदि तपाईंलाई जबर्जस्ती ब्यूँझाइयो भने तपाईंलाई थकाई लागेको महसुस हुन्छ । तपाईंको दिमागले आधा घण्टासम्म राम्रोसँग काम गर्न सक्दैन,’ अनुसन्धानले भन्छ ।

भ्रम नं ४ः घुर्ने बानी रिस उठ्दो भएपनि हानिकारक हुँदैन

बीचबीचमा सास रोकिएर ठूलो आवाजमा घुर्नुलाई स्लिप एप्निया भनिन्छ । यो एउटा यस्तो निन्द्रा विकार हो जसले नेशनल हार्ट, लंग एण्ड ब्लड इन्स्टिच्युटका अनुसार हृदयघात, दम, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मृगौला रोगको सम्भावना बढाउने गर्छ ।

‘स्लिप एप्नियाले निकै थकित बनाउँछ,’ रबिन्सले भनिन् । ‘यस्ता व्यक्तिहरु बारम्बार ब्यूँझिरहन्छन् । उनीहरु निकै थाक्ने भएकाले दिनरात निदाउन प्रत्यत्न गरिरहेका हुन्छन् । यस्तो लाग्छ कि यसले हाम्रो ३० प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । ’

भ्रम नं ५ः राती सुत्नुअघि मद्यपान गर्दा मज्जाले निन्द्रा लाग्छ

‘मद्यपानले तपाईंलाई छिटो निन्द्रा लाग्न सहयोग त गर्ला तर यसले तपाईंलाई गहिरो निन्द्रामा पर्न भने दिँदैन,’ रबिन्सले भनिन् ।

‘यसले तपाईंलाई च्भ्ः बाट बाहिर निकालिरहन्छ जसका कारण तपाईं मज्जाले निदाउन सक्नुहुन्नँ त्यसैले त रक्सी पिएर सुतेको मान्छे उठ्दा आलस्य महसुस गर्छन्,’ रबिन्स भन्छिन् ।

भ्रम नं ६ः निन्द्रा लागेन रु ओछ्यानमा पल्टिएर आँखा चिम्लनुहोस् र निदाउन प्रयत्न गर्नुहोस्

तपाईंले मान्नुपर्छ कि यो लाइन अर्थपूर्ण छ । तपाईं बेडमा सुतेर आँखा नचिम्ली कसरी निदाउन सक्नुहुन्छ रु यद्यपी, निदाउन प्रयत्न गरेको १५ मिनेटभित्र निदाइसक्नुपर्ने निद्रा विशेषज्ञ बताउँछन् ।

बेडमा गएपछि निद्रा नलाग्ने बानीलाई रबिन्स जिममा गएर ट्रेडमिलमा उभिने तर केही पनि नगर्ने जस्तो बताउँछिन् ।

रबिन्स भन्छिन्, ‘एक व्यक्ति मस्त निन्द्रामा पर्न १५ मिनेटको समय लाग्छ । यदि तपाईं १५ मिनेटभन्दा बढी समयका लागि कोल्टे फेरिरहनुहुन्छ भने बेडबाट निस्कनुहोस्, दिमाग खियाउनु नपर्ने काम गर्नुहोस् । मधुरो बत्ती बाल्नुहोस् र मोजा पट्याउनुहोस्,’ उनी सल्लाह दिन्छिन् ।

भ्रम नं ७ः दिउँसो जतिबेला सुतेपनि फरक पर्दैन

केही विशेषज्ञका अनुसार यो एउटा यस्तो भ्रम हो जसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने गर्छ ।

‘मानिसहरुले आफ्नो निद्राको तालिका नै बनाउनुपर्छ किनभने यसले हामो जैविक समयतालिका नियन्त्रण गर्ने गर्छ,’ जिन–लुइसले भने । ‘यसले हाम्रो शरीरको सम्पूर्ण हर्मोन, तापक्रम, खानपिन, पाचनक्रिया र सुत्ने–उठ्ने साइकल नियन्त्रण गर्छ ।’

यदि तपाईंको जैविक समयतालिका र बाहिरी वातावरणबीचको तादम्य मिल्दैन भने तपाईं असन्तुलित, बेचैन र जतिबेला पनि निद्रा लागेको जस्तो महसुस गर्नुहुनेछ ।

फरक समय तालिकामा काम गर्नेहरुलाई मुटु रोग, अल्सर, डिप्रेशन, मोटोपना र केही प्रकारको क्यान्सरको अत्यधिक जोखिम हुन्छ ।

यस्ता व्यक्तिहरु केही कुरामा ढिला प्रतिक्रिया दिने किसिमका हुन्छन् त्यसकारण कार्यस्थलमा विभिन्न दुर्घटनाको शिकार बन्ने गर्छन् ।

८ः बेडमा टिभी हेरेर विश्राम लिनु राम्रो काइदा होः

यो हामी सबैले गर्छौं । हामीमध्ये धेरैजना सुत्नु अघि ल्यापटप र स्मार्टफोन नियाल्छौं । दुर्भाग्यवश, यसले तपाईंको निद्रा बिगारिरहेको हुन्छ ।

‘विद्युतीय उपकरणले निलो प्रकाश फाल्ने गर्छ र यही निलो प्रकाशले हरेक बिहान हाम्रो दिमागलाई जागा हुन निर्देशन दिन्छ,’ रबिन्स भन्छिन् । ‘सुत्नुअघि हामी निलो प्रकाश फाल्ने टेलिभिजन र स्मार्टफोनबाट जोगिनुपर्छ । हामीलाई जे कुराले आनन्द दिन्छ, त्यो कुरा गर्नुपर्छ ।’

नेशनल स्लिप फाउन्डेशनका अनुसार निलो प्रकाशले स्लिप हर्मोन भनिने मेलाटोनिनको श्रावमा प्रभाव पार्छ । सुत्नु दुई घण्टाअघि टिभीलगायत विद्युतीय उपकरण हेर्दा तपाईंलाई निद्रा लाग्न बेर लाग्न सक्छ, तपाईंलाई गहिरो निद्रा लाग्नबाट रोक्छ । यसो गर्दा तपाईं आठ घण्टा वा सोभन्दा बढी सुतेर उठ्दा पनि तपाईंलाई आलस्य महसुस हुन्छ ।

अबेर रातीसम्म काम गर्नुपरेको खण्डमा स्क्रिनको चमकलाई घटाउने र स्क्रिनको रङलाई सूर्यास्त हुँदाको प्रकाशसँग मेल खाने किसिमको बनाउनुपर्छ । रातो र पहेँलो रङको तरङ्ग कम हुन्छ र यसले मेलाटोनिनलाई कमै असर गर्दछ ।

भ्रम नं ९ः  स्नूज दबाउनु राम्रो हो १ अलार्म बज्ने बित्तिकै उठ्नु पर्दैन

बिहान उठ्नुअघि धेरैले स्नूज बटन दबाउनुहुन्छ होला ।

‘स्नूज बटन दबाउने तपाईंको बानी त्याग्नुहोस् । तपाईंको शरीर पुनः निद्रामा जान्छ – निकै हल्का, कम गुणस्तरको निद्रा ।’ रबिन्सले भनिन् ।

‘तपाईं आफ्नो निद्राको अन्तिम समयमा आइपुग्दा तपाईंको शरीरले सम्भवतः च्भ्ः चक्रलाई बिट मार्ने प्रक्रियामा हुन्छ । स्नूज बटन दबाउने बित्तिकै तपाईंको दिमाग पुनः नयाँ च्भ्ः चक्रमा जान्छ । केही मिनेटपछि अलार्म पुनः बजेपछि तपाईं उक्त चक्रको अन्त्यमा नभई बीचतीरै उठ्नुहुन्छ त्यसकारण तपाईं उठ्दा पुनः शिथिल महसुस गर्नुहुन्छ ।

स्नूज बटन दबाउने आफ्नो बानी हटाउन गाह्रो भइरहेको छ भने सुत्नुअघि आफ्नो फोनलाई कोठाको कुनै कुनामा राख्नुहोस् ता कि अलार्म निभाउन तपाईं उठेर हिँड्नै परोस् ।

भ्रम नं १०ःसपना सम्झनु भनेको मिठो निन्द्राको संकेत हो

‘यो सरासर गलत हो किनभने हामीमध्ये धेरैले एक रातमा चार वा पाँचपटक सपना देख्छौं,’ जिन– लुईसले भने । ‘र हामीलाई यो याद नै हुँदैन किनभने हामी त्यतिबेला ब्यूँझिएका हुँदैनौं र निद्रा पनि बिग्रिरहेको हुँदैन ।’

फ्रान्समा गरिएको एक अनुसन्धान अनुसार जसले आफ्नो सपना सम्झन्छन् उनीहरुको मस्तिष्क निकै क्रियाशील हुन्छ । यस्ता व्यक्तिहरु राती बारम्बार उठिरहन्छन् र सानो आवाज आउँदा पनि ब्यूँझिने किसिमका हुन्छन् । ‘यदि हामी मज्जाले निदाएका छौं भने सपना सम्झिनै सक्दैनौं,’ जिन लुईसले भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: