आशिफ र रेश्माको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो)

गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ ।

दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । ‘इन्स्टाको फोटो’ गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । जि डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन्।

कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ ।

जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई सांगीतिक रुप दिइएको छ । गीतलाई जि द्दज्ञ डिजिटलको अफिसियल यु(ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अहिलेसम्म हेर्नेहरुले ‘हेरन कान्छी’लाई राम्रो प्रतिकृया दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: