दुईदिन देशभर सबै बालबालिकाहरुलाई भिटामिन ‘ए र जुकाको औषधि खुवाउँदै

काठमाडौं, वैशाख ६ । २०७६ नेपाल सरकारले शुक्रबार र शनिबार देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.आरपी बिच्छाका अनुसार २८ लाख बालबालिकालाई अभियानमा समेट्ने सरकारको लक्ष्य छ ।

कार्यक्रमका लागि ५४ हजार महिला स्वयंसेविका र प्रत्येक जिल्लाबाट जनस्वास्थ्य कर्मचारी खटिनेछन् । प्रदेश अन्तर्गतका स्थानीय तहले नै कार्यक्रम सञ्चालन गर्ने उनले बताए । बालबालिकालाई संक्रामक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रति गरिएको छ रोगप्रतिरोधी क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धी रोगबाट बचाउन भिटामिन ए खुवाउने गरिन्छ ।

भिटामिन ए तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशैं परेकोले कात्तिक १४ र १५ गते खुवाइएको थियो । कर्मचारी समायोजन फ्रक्रियाले कार्यत्रम प्रभावित हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्क्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ । मुलुक संघीयतामा गएसंगै ७ सय ५३ वटै स्थानीय तहले यो कार्यत्रम सञ्चालन गर्ने जिम्मा पाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: