लिबियाका प्रधानमन्त्रीद्वारा सहयोगको लागि अपिल

वैशाख ६ । सरकार विरोधी समूह राजधानी त्रिपोलीतर्फ अघि बढिरहँदा समेत अन्तर्राष्ट्रिय समुदाय मौन बसेको भन्दै लिबियाका प्रधानमन्त्री फैज अल सिराजले असन्तुष्टि व्यक्त गरेका छन् । सहयोगका लागि गम्भीर बन्न उनको आग्रह छ । पूर्वी क्षेत्रका कमाण्डर जेन खालिफा हफ्तार नेतृत्वको सरकार विरोधी समूहले त्रास निम्त्याएकाले सहयोग गर्न प्रधानमन्त्री सिराजले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको उल्लेख गरेको छ ।

हिंसात्मक गतिविधिका कारण अप्रिलयता २ सय ५ जनाको मृत्यु भएको राष्ट्रसंघको भनाई छ । मुलुकमा हिंसात्मक गतिविधि चर्किएको र सर्वसाधारणले एक्लिएको महसुस गर्न थालेको भन्दै प्रधानमन्त्री सिराजले आफ्नो मुलुकको अवस्थाप्रति गम्भीर बनिदिन अपिल गरेका हुन् ।

इस्लामिक स्टेट आईएसको जोखिमका कारण अन्तर्राष्ट्रिय मान्यता प्राप्त आफ्नो सरकारले शान्ति र स्थायित्व कायम गर्न नसकेको उनको भनाई छ ।

मुलुकको स्थितिप्रति अन्तर्राष्ट्रिय समुदाय मौन बस्दा सर्वसाधारण थकित बनेको उनको भनाई छ । सन् २०११ मा शासक मोहम्मद गद्दाफीको हत्यापछि लिवियामा हिंसात्मक गतिविधि र राजनीतिक अस्थिरता छ । बीबीसीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: