‘सेनाभित्र बढ्दो सदाचारको क्षयीकरणले सेनामा ‘माइक्रो–म्यानेज्ड’को अवस्था सिर्जना हुनसक्छ’: प्रधानसेनापति

काठमाडौं, वैशाख ६ । नेपाली सेनाका प्रधानसेनापति तथा महारथी पूर्णचन्द्र थापाले सेनाभित्र बढ्दो आचारसंहिता क्षयीकरणले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप बढ्न गई ‘माइक्रो म्यानेज्ड’ हुनसक्ने अवस्था सिर्जना हुनेतर्फ इङ्गित गरेका छन् ।

‘सेनाभित्र अनुशासन र आचरण सम्बन्धि विषयले छुट हुने अवस्थाका कारण संस्थाको छवि क्रमश क्षयीकरण हुँदै जाने र यसले दीर्घकालमा राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने बारे हामी सबै सजग हुने पर्छ । यसले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप एवम् ‘माइक्रो–म्यानेज्ड’ हुन सक्ने अवस्था सिर्जना हुन सक्छ’ उनले भने ।

प्रधानसेनापति थापाले ‘सैनिक आचरण संहिता संग्रह–२०७६ जारी गर्दै जंगी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् । ‘हामी चेन अफ कमाण्डको मूल्य मान्यता र दायरभित्र बसेका छौं वा छौनौं आफैले आफैलाई मुल्यांकन गरौं । अब म त्यो दायरमा नबस्नेलाई छुट दिने मुडमा छैन । नेपाली सेनाका सकल दर्जाले आफ्नो जिम्मेवारी र आचरणप्रति सतर्क, सजक रहनुपर्ने छ । अन्यथा जो कोही कडा कारवाहीको दायराभित्र आउनु पर्न सक्छ’– उनले भने ।

‘साँच्चै भन्ने हो भने आचारसंहिता मनाउनुपर्ने संस्था नेपाली सेना हो या होइन, नेपाली सेना आफैले सैनिक आचार संहिता मनाउनु पर्ने विषयलाई म विडम्बनापूर्ण र गम्भीर रुपमा समेत मैले लिएको छु । विगतमा राम्रो आचारसंहिता पालन गर्न सकेनौं । त्यसैले आज हामी आचार संहिता दिवस मनाउन यहाँ उपस्थित भएका छौँ । हामीले अहिले आफैले आफैलाई सुधार गर्नु पर्ने बेला आएको छ भन्ने समेत यसले अंकित गर्दछ। अहिले हामीले सुधार गरेनौं भने कहिल्यौ सुधार हुने छैनौं । मैले भन्न खोजेको कुरा र संकेत तपाईंहरुले बुझ्नुभयो होला भन्ने मैले विश्वास लिएको छु’– प्रधानसेनापति थापाले भने ।

‘नेपाली सेना जस्तो संगठनमा अब ‘माथिको आदेश र माथिलाई बुझाउनुपर्छ’ भनेर रकम उठाउने छुट कसैलाई हुँदै र हुनेछैन । माथि बुझाउनुपर्छ भनेर बुझ्ने र बुझाउनेहरुलाई पनि अब कारवाही हुन्छ म त्यस्ताहरुका लागि पनि केही प्रमाण खोज्दै छु र प्रयास गर्दै छु । तर म एक्लैले प्रमाण जुटाउन सक्दिन त्यसमा तपाईंहरुको साथ, सहयोग र लगनशिलता आवश्यक छ’– उनले भने ।

उत्कृष्ट सैनिक अनुशासन र आचरणसहितको सैनिक आचरणको विकास गर्नका लागि यसै वर्षबाट प्रत्येक वर्षको पहिलो महिनाको पहिलो हप्तालाई आचारसंहिता सप्ताहको रुपमा सचेतना अभियान संचलान गरिने बताइएको छ । यस संहिता स्वदेश तथा विदेश र नेपालस्थित सबै युनिट फोर्मेसनहरुमा शुक्रबारबाटै लागू हुने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: