कन्दरा ब्याण्डको चन्द्रकोटकी नानी गीत सार्वजनिक

काठमाडौं, वैशाख ६ । चर्चित व्याण्ड कन्दराका लोकप्रिय गायक विवेक श्रेष्ठको ‘चन्द्रकोटकी नानी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक नेपालको प्रस्तुति रहेको भिडियोमा अहिलेकी चर्चित मोडल अलिशा राईको अभिनय हेर्न सकिन्छ । साथै प्रसन्न पौडेलले निर्देशन गरेको म्यूजिक भिडियो पोखरा अनि काठमाडौंमा सुटिङ गरिएको विवेक श्रेष्ठले जानकारी दिए ।

झण्डै दुईवर्ष लगाएर तयार पारिएको उक्त भिडियोमा गायक विवेक श्रेष्ठ स्वयमले पनि अभिनय गरेका छन् । ‘चन्द्रकोटकी नानी’ बोलको गीतको अडियो भने दुई वर्षअघि नै सार्वजनिक भइसकेको हो । वरिष्ठ गीतकार विनोद गौचनको शब्द अनि सुनिल थापाको सङ्गीत रहेको यस गीतको म्यूजिक भिडियो स्वर्गीय गौचनप्रति श्रद्धाञ्जली स्वरुप सार्वजनिक गरिएको श्रेष्ठको भनाई छ ।

भेडीगोठ नामक एल्बममा समावेश ८ गीतमध्ये चन्द्रकोटकी नानी तेस्रो म्यूजिक भिडियो हो । बाँकी गीतहरुको पनि भिडियो केहि समयपछि तयार गरिने श्रेष्ठले बताए । झण्डै २७ वर्षदेखि सङ्गीत क्षेत्रमा आवद्ध श्रेष्ठले गाएका प्रायः सबै गीतहरुले चर्चाको शिखर बटुलिसकेका छन् । यसअघि ६ वटा हिट एल्बम दिइसकेको कन्दरा ब्याण्डले लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल, भेँडी गोठैमा लगायत चर्चित गीत सार्वजनिक गरिसकेको छ । आशा गरौँ यस म्यूजिक भिडियो पनि झनै लोकप्रिय बन्न सफल होस् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: