नेपालको पानी विदेशी बजारमा बेच्न खानेपानी मन्त्रालयमा छलफल

काठमाडौं, वैशाख ६ । नेपालको हिमालय क्षेत्रको पानी विश्व बजारमा र्पुयाउन खानेपानी मन्त्रालयमा अन्तरक्रिया गरिएको छ।

खानेपानी मन्त्रालयमा जारी छलफलमा मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, खानेपानी विभागका प्रमूख सुनिलकुमार दास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधि, निजि क्षेत्रका पानी व्यवसायी लगायत छलफलमा सहभागी छन्।

याे पनि पढ्नुस  प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास, आरोहीहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा मन्त्री मगरको जोड

छलफलमा नेपालको पानी विश्वबजारमा बेच्न सकिने सम्भावनाबारे अन्तरक्रिया भइरहेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले कार्यपत्र प्रस्तुत गरेका छन्।

नेपालको पानी विश्व बजारमा बेच्ने मन्त्री बिना मगरको योजनाअनुसार छलफल गरिएको हो। केही बेरमा मन्त्री मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्