सर्वोच्चमा ५ न्यायाधीश नियुक्त

काठमडौं, बैशाख ०६ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदले सिफारिस गरेका पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् । बिहीबार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उनीहरलाई शुक्रबार राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी हुन् ।

न्यायाधीश नियुक्त हुनेमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा। मनोजकुमार शर्मा रहेका छन् । ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी मध्येबाट न्यायाधीश सिफारिस भएका थिए । यीमध्ये रेग्मी र फुँयाल प्रधानन्यायाधीशको रोलक्रममा समेत रहेका छन् ।

कमेन्ट गर्नुहोस्